अजयको विजय,
दोलखालीको जय
"गफमा होइन, अबको राजनीति डेलिभरी र भिजनको"
कांग्रेसको विजय, दोलखालीको भाग्योदय


पहिचान र स्वभाव

अजयबाबु शिवाकोटी
केन्द्रीय सदस्य, नेपाली कांग्रेस
इमानदार र कर्मठ नेता
व्यक्तित्व परिचय
अजयबाबु शिवाकोटी इमानदार र कर्मठ नेता हुन् । दोलखाको धरामा जन्मिएका उनी सानैदेखि राजनीतिक संस्कारमा हुर्किए । उनका हजुरबुबा नन्दप्रसाद शिवाकोटी 'माल्दाइँ' राजनीतिज्ञसँगै यस क्षेत्रकै विशिष्ट शिक्षासेवी थिए ।
नन्दप्रसादको तेस्रो पुस्ता अजयबाबुले हजुरबाको पदचाप पछ्याउने निधो गरे । यसका लागि उनले चैतन्य, प्रज्ञा र सिर्जनाको पेशा पत्रकारिता चटक्कै छोडेर राजनीतिलाई आफ्नो कर्मपथ बनाए ।
राजनीतिक यात्राको थोरै समयमा इमान, कर्म र निष्ठाको बलमा कांग्रेसको केन्द्रीय सदस्य जस्तो सम्मानित पदमा निर्वाचनमार्फत आरोहण गर्न पुगे । पत्रकारितामा रहँदा पनि अजयबाबुले व्यावसायिक मर्यादामा कति पनि सम्झौता नगरी उच्चकोटीको साख आर्जन गरे ।
पुरस्कार र सम्मान
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
आधार दर्जन बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवं सम्मानबाट विभूषित अजयबाबुले पत्रकारितामा रहँदा व्यावसायिक मर्यादामा कुनै पनि सम्झौता नगरी उच्चकोटीको साख आर्जन गरेका थिए ।
अब हामी सबैको मूलमन्त्र बन्नुपर्छ– 'अजयको विजय, दोलखालीको जय' । नबिर्सौं– उनलाई अमूल्य भोट मार्फत हाम्रो वारिस बनाउनु भनेको दोलखाको बहुआयामिक सुदृढीकरणको विजारोपण गर्नु हो ।
अजयबाबु अपरिहार्य किन?
ग्लोबल एक्सपोजर, लोकल एक्सन
संसार बुझेको र आफ्नै ठाउँ बनाउन तम्सिएको युवा जोस ।
तथ्याङ्कमा आधारित राजनीति
गफमा होइन, तथ्याङ्क र ठोस योजनामा विश्वास गर्ने परिपक्व नेता ।
भ्रष्टाचार विरुद्ध अग्राख
जसले विधिको शासनका खातिर दशकौं कलम चलायो ।
खेलकुदमा प्रोत्साहन
जिल्लाभर आधुनिक खेलमैदान र प्रतिभा पहिचान कार्यक्रम ।
पहुँचयोग्य नेता
जसलाई तपाईं सामाजिक सञ्जालका हरेक माध्यमबाट संवाद र समन्वय गर्ने प्राधिकार राख्न सक्नुहुन्छ ।
फ्री वाइफाइ र डिजिटल हब
जिल्लाका मुख्य केन्द्रहरूमा "लर्निङ सेन्टर" र "डिजिटल हब" को स्थापना ।
परिवर्तन सम्भव छ, हाम्रै पालामा — अजयबाबुको साथमा
अभियानमा सहभागी हुनुहोस् →सङ्कल्प — दोलखाको कायाकल्प
वाचा होइन, काम — म तपाईंको भरोसाको कदर गर्न आएको हुँ । मर्यादाका खातिर भाँचिन तयार हुने तर दोब्रिन मन्जुर नगर्ने।
सडक र पूर्वाधार — दोलखाको "लाइफलाइन"
लामोसाँगु–जिरी सडक तत्काल प्राथमिकता
लामोसाँगु–जिरी सडकको दुर्दशाले हामीलाई धेरै पछाडि धकेल्यो। मेरो पहिलो प्राथमिकता यो सडकको गुणस्तरीय स्तरोन्नति र समयमै सम्पन्न गराउनु हुनेछ। साथै, लामाबगर–तिब्बत नाका खोल्ने प्रक्रियालाई तीव्रता दिई दोलखालाई चीन र भारत जोड्ने व्यापारिक केन्द्र बनाउन लाग्नेछु। ठूला पुल तथा सडक आयोजनालाई समयमै सम्पन्न गर्न सरकारका निकाय र सम्बन्धित सरोकारवालासँगको पहल मेरो प्राथमिकता हुनेछ।

"म संसदमा जाँदा तपाईंको शिर झुक्न दिने छैन। म सत्ताको लोभमा होइन, सेवाको भावमा समर्पित रहनेछु।"
वाचा होइन, काम

आदरणीय दोलखाबासी,
भनिन्छ– पीडाले पछि, चिन्ताले अघि र आशाले माथि हेर्छ । हत्केलाभन्दा अगाडि औंला किन हुन्छ ? उत्तर स्पष्ट छ– सफलताका लागि भाग्यभन्दा पहिला मेहनत चाहिन्छ ।
दोलखाको माटोले सिकाएको सत्य के हो भने जुन मुस्किलले पाइन्छ, त्यो इज्जत हो, जुन हृदयबाट पाइन्छ, त्यो प्रेम हो र जुन भाग्यले पाइन्छ त्यो मित्रता हो ।
'समुन्नत, सुरक्षित र स्वावलम्बी दोलखा' मातृभूमिप्रतिको ऋण चुकाउने मेरो संकल्प यात्रा हो ।
🗳️ आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा 'रुख' चिन्हमा मतदान गरी मलाई आफ्नो प्रतिनिधिका रूपमा सेवा गर्ने अवसर दिनुहुन हार्दिक अपिल गर्दछु ।
— अजयबाबु शिवाकोटी
अभियानमा सहभागी हुनुहोस्
प्रत्येक भोट, प्रत्येक आवाज र प्रत्येक हात महत्त्वपूर्ण छ। सँगै मिलेर दोलखाको भविष्य बनाउँ।
